+
+

मोहन वैद्यले भने– मसाललाई पनि एकतामा ल्याउन वार्ता भएको छ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १३:३९

२४ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)ले नेकपा बहुमतसँगको पार्टी एकता अहिलेको राज्य व्यवस्थाको विरोधमा रहेको बताएका छन् । उनले यो एकता प्रक्रियामा नेकपा मसाल पनि सामेल हुने विश्वास व्यक्त गरेका छन् ।

आज धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँगको पार्टी एकताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने, ‘यो एकता अहिलेको राज्य व्यवस्थाको विरोध र विकल्पमा भएको छ । हामी दक्षिणपन्थी संशोधनवादविरुद्ध लड्दै क्रान्तिको झण्डालाई उचो बनाउने छौं ।’

उनले अन्य कम्युनिष्ट पार्टीलाई पनि एकताबद्ध गर्दै जाने प्रयास भइरहेको जानकारी दिए । यसैक्रममा नेकपा मसालसँग पनि वार्ता गरेको वैद्यले बताए । ‘हामीले मसालका कमरेडहरुसँग पनि वार्ता गर्यौं । उहाँहरुले तपाईंहरु अगाडि बढ्नुस् हामी पनि सल्लाह गरेर यो प्रक्रियामा सामेल हुन्छौं भन्नुभएको छ । मलाई आशा छ उहाँहरुलाई पनि आबद्ध गर्ने छौं ।’ उनले अन्य कम्युनिष्ट पार्टीलाई पनि आबद्ध गर्दै एकता महाधिवेशनमा अगाडि बढ्ने बताए ।

कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले नेकपा मसालसँग पनि एकताको लागि छलफल गरेको तर केही विषयमा विमती कायमै रहेकाले अहिले एकता हुन नसकेको बताए । उनले अन्य सबै कम्युनिस्ट पार्टीहरुलाई एकता प्रक्रियामा आउन आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?