+
+

सांसद सोविता गौतमले सोधिन्- फुटबल प्रशिक्षकलाई अझै नियुक्ति किन नदिएको ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १४:०६

२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुख्य प्रशिक्षक एनेसले नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिता जिताइसक्दा पनि किन नियुक्ति नदिएको भनी प्रश्न गरेकी छन् ।

‘यो खेलप्रतिको उदासिनता पनि हो बिसंगति विकृति र अव्यवस्था हो । खेल जितेको बेला खुद्रा पैसाको बिटो लगेर मात्र खेलप्रति सम्मान हुँदैन’ उनले भनिन्, ‘…हाम्रो अव्यवस्थाको मारभित्र मुख्य प्रशिक्षकलाई पार्नु हुन्न । उनलाई श्रम स्वीकृति दिनुपर्छ र तलब भत्ताको व्यवस्था गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?