+
+

धनुषाबाट १२४ किलो गाँजासहित ट्रक र चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १९:३३

२४ चैत, जनकपुरधाम। धनुषाबाट प्रहरीले एक क्वीन्टल २४ किलो अवैध गाँजा बरामद गरेको छ।

आज दिउँसो ढल्केवरबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ७ ख ४२५१ नम्बरको ट्रकबाट १२ वटा पोकामा ११ किलोको दरले रहेको १२४ किलो अवैध गाँजा बरामद गरेको हो।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा गाँजासहित ट्रक र चालक मकवानपुर जिल्लाको मनहरी नगरपालिका ८ बस्ने शन्तबिर दोङ्लाई नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद गरेको गाँजा ट्रक र चालकलाई थप अनुसन्धानको लागी प्रदेश प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा पठाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?