+
+

७ खेल बाँकी हुँदै बर्नली प्रिमियर लिगमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते ८:१६

२५ चैत, काठमाडौं । म्यानचेष्टर सिटीका पूर्वकप्तान भिनसेन्ट कोम्पनीको प्रशिक्षणमा रहेको बर्नली इंग्लयाण्डको शीर्ष श्रेणीको फुटबल प्रिमियर लिगमा बढुवा भएको छ ।

दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा शुक्रबार मिडल्स्बोरोलाई २-१ ले पराजित गरेपछि बर्नलीले ७ खेलअघि नै प्रिमियर लिगमा स्थान पक्का गरेको हो ।

गत नोभेम्बरयता अपराजित रहेको बर्नलीले एस्ले बार्न्सको गोलमा १२औं मिनेटमै अग्रता लिएको थियो । मिडल्स्बवरोका लागि चुबा अक्फवमले ५२औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे । तर ६६औं मिनेटमा कोनोर रोबर्ट्सले गोल गर्दै बर्नलीलाई जित दिलाउँदै बढुवासमेत पक्का गराए ।

जितपछि बर्नलीलको ३९ खेलबाट ८७ अंक छ । दोस्रो स्थानको शेफिल्ड युनाइटेडको समान खेलबाट ७६ अंक छ । तेस्रो स्थानको लुटनको ४० खेलबाट ६८ अंक छ ।

४४ टोली सहभागी च्याम्पियनसिपमा एक टोलीले ४६ खेल खेल्नेछ जहाँ शीर्ष दुई टोली सीधै प्रिमियर लिगमा बढुवा हुनेछन् । ६ खेल खेल्न बाँकी तेस्रो स्थानको लुटनमाथि १९ अंकको अग्रता बनाएको बर्नलीले बाँकी खेल हारेपनि शीर्ष दुईमा रहने पक्का छ ।

च्याम्पियनसिपबाट तीन टोली प्रिमियर लिगमा बढुवा हुने प्रावधान छ । बढुवा हुने तेस्रो टोलीको टुङ्गो हुने प्लेअफमार्फत लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?