+
+

उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेन : मन्त्री रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १२:४४

२५ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन् ।

शुक्रबार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वाषिर्क साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले बजेट खर्च गर्नेमा उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा कमजोर बनेको बताए ।

उनले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताए ।

साथै, उनले निर्यात व्यवसाय प्रबर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । उनले निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे ।

नेपालका दुवै छिमेकी देशहरु ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्नु पर्ने आवश्यक रहेको मन्त्री रिजालको भनाइ छ ।

उनले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रबर्द्धन झनै सहज हुने प्रतिबद्धता जनाए ।

मन्त्री रिजालले व्यवसायीहरुको भूमिका आर्थिकस्तर बढाउन महत्वपूर्ण रहेको भन्दै देशको समृद्धिका लागि व्यवसायीहरुलाई हरेक सुविधा दिन सरकार तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?