+
+

वैज्ञानिकको चमत्कार : कृत्रिम भ्रूणबाट बाँदर गर्भवती

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १७:५२
फाइल तस्वीर

काठमाडौं । वैज्ञानिकहरू कृत्रिम अर्थात् इन्जिनियर्ड भ्रूणबाट पहिलोपटक बाँदरमा गर्भाधारण गराउन सफल भएका छन् ।

प्रयोगशालामा भ्रूण बनाउका लागि बाँदरकै स्टेम सेलको प्रयोग गरिएको थियो । उक्त स्टेम सेललाई भ्रूणमा विकास गरेपछि एउटा सरोगेट पोथी बाँदरको गर्भाशयमा प्रत्यारोपण गरियो ।

गर्भवती बाँदर र उसको गर्भमा रहेको भ्रूण दुबै स्वस्थ रहनुका साथै राम्रोसँग विकसित पनि भए ।

स्मरण रहोस् मानिसमा टेस्टट्युब प्रविधिबाट गर्भाधारण गर्ने प्रविधि विकसित भैसकेको भए पनि स्टेम सेलबाट भ्रूण बनाउन हालका लागि सम्भव छैन । त्यसैले प्रयोगशालामा विकसित भ्रूणका बारेमा अध्ययन गर्नका लागि चिनियाँ वैज्ञानिकहरुले मानिसको नजिकको प्रजाति अर्थात् बाँदर रोजेका हुन् ।

गँगटा खाने मकाउ बाँदरको स्टेम कोशिका लिएर त्यसको सेल कल्चर गरी भ्रूणमा विकसित गरिएको थियो । यो प्रक्रियालाई ग्यास्ट्रुलेसन भनिन्छ । स्टेम कोशिकाबाट १८ औं दिनमा केही संख्यामा भ्रूणहरु विकास गरी त्यसलाई ८ वटा पोथी बाँदरको गर्भाशयमा हालियो । गर्भवती बाँदरहरुले २० दिनसम्म लगातार अल्ट्रासाउण्ड तथा हर्मोन परीक्षण गरियो । उक्त कृत्रिम भ्रूण सफलतापूर्वक बाँदरको गर्भमा हुर्किन थालेको थियो । गर्भवती बाँदरको शरीरमा प्रोजेस्टेरोन तथा कोरियोनिक गोनाडेट्रोपिन जस्ता हर्मोनको मात्रा बढेको थियो ।

चाइनिज एकेडेमी अफ साइन्सेसस्थित न्युरोसाइन्टिस्ट कियांग सुन नेतृत्वको वैज्ञानिक टिमले उक्त अनुसन्धान गरेको थियो ।

सेल स्टेम सेल जर्नमा हालै प्रकाशित उक्त शोधका अनुसार बाँदरहरु गर्भवती भएको २७ औं दिनमा भने उनीहरु सबैको गर्भबाट भ्रूण हराएका थिए । यद्यपि छोटो समयका लागि भएपनि कृत्रिम भ्रूणबाट बाँदरलाई गर्भवती बनाउन सक्नुलाई वैज्ञानिकहरुले ठूलो उपलब्धि मानेका छन् ।

आगामी दिनमा पनि यस्तो प्रयोगलाई निरन्तरता दिइने र यसले मानिसमा गर्भ खेर जाने कारणहरु पत्ता लगाउन सहज हुने उनीहरुको भनाइ छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?