+
+

अब आउनेछ स्मार्ट फोनमा भूकम्पको भविष्यवाणी !

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते ७:०४

२५ अक्टुबर २०२२ मा क्यालिफोर्नियाको समुद्री किनारमा ५.१ म्याग्निच्युडको भूकम्प आयो । यो भूकम्प आउन लागेको पूर्वचेतावनी स्थानीयको स्मार्टफोनमा आएको थियो ।

भनिन्छ भूकम्पको भविष्यवाणी गर्न सकिँदैन । तर गुगल र क्यालिफोर्निया विश्वविद्यालयका विशेषज्ञ भने भूकम्पको पूर्व चेतावनीको सूचना स्मार्टफोनमा आउने प्रविधिको विकासमा सक्रिय छन् । यो प्रयास सफल भएमा भविष्यमा भूकम्पको भविष्यवाणी गर्न सकिने बीबीसीले जनाएको छ ।

भूकम्पलाई पत्ता लगाउनका लागि ७०० सिस्मोमिटरको नेटवर्क बनाइएको छ । दोस्रोतर्फ गुगलले मोबाइल नेटवर्कको प्रयोग गर्दैछ । गुगल एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने लगभग सबै स्मार्टफोनमा एक्सेलेरोमिटर हुन्छ । यो निकै संवेदनशील हुन्छ । यदि तपाईंले फोनमा केही हेर्न त्यसलाई होरिजेन्टल (तेर्सो) बनाएर समात्नुभयो भने आफसेआफ स्क्रिन पनि होरिजेन्टल नै बन्छ । यसैलाई उपयोग गर्दै गुगलले एन्ड्रोइड भूकम्प चेतावनी प्रणाली बनाएको छ ।

फोन प्रयोगकर्ताले यो प्रणाली प्रयोग गर्न अनुमति दिएमा फोनमा भूकम्पको सुरुवाती कम्पनको पूर्वसूचना आउँछ । ‘एन्ड्रोइड भूकम्प चेतावनी प्रणालीले फोनबाट आउने तथ्यांकको विश्लेषण गर्दछ र कुन क्षेत्रमा भूकम्प आउँदैछ भन्ने भविष्यवाणी गर्दछ,’ बीबीसीले लेखेको छ, ‘अझ सजिलो भाषामा भन्दा हामीले भूकम्पको धक्का महसुस गर्नुभन्दा अगाडि नै स्मार्टफोनले भूकम्पको तरंग थाहा पाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?