+
+
Shares

अब आउनेछ स्मार्ट फोनमा भूकम्पको भविष्यवाणी !

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते ७:०४

२५ अक्टुबर २०२२ मा क्यालिफोर्नियाको समुद्री किनारमा ५.१ म्याग्निच्युडको भूकम्प आयो । यो भूकम्प आउन लागेको पूर्वचेतावनी स्थानीयको स्मार्टफोनमा आएको थियो ।

भनिन्छ भूकम्पको भविष्यवाणी गर्न सकिँदैन । तर गुगल र क्यालिफोर्निया विश्वविद्यालयका विशेषज्ञ भने भूकम्पको पूर्व चेतावनीको सूचना स्मार्टफोनमा आउने प्रविधिको विकासमा सक्रिय छन् । यो प्रयास सफल भएमा भविष्यमा भूकम्पको भविष्यवाणी गर्न सकिने बीबीसीले जनाएको छ ।

भूकम्पलाई पत्ता लगाउनका लागि ७०० सिस्मोमिटरको नेटवर्क बनाइएको छ । दोस्रोतर्फ गुगलले मोबाइल नेटवर्कको प्रयोग गर्दैछ । गुगल एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने लगभग सबै स्मार्टफोनमा एक्सेलेरोमिटर हुन्छ । यो निकै संवेदनशील हुन्छ । यदि तपाईंले फोनमा केही हेर्न त्यसलाई होरिजेन्टल (तेर्सो) बनाएर समात्नुभयो भने आफसेआफ स्क्रिन पनि होरिजेन्टल नै बन्छ । यसैलाई उपयोग गर्दै गुगलले एन्ड्रोइड भूकम्प चेतावनी प्रणाली बनाएको छ ।

फोन प्रयोगकर्ताले यो प्रणाली प्रयोग गर्न अनुमति दिएमा फोनमा भूकम्पको सुरुवाती कम्पनको पूर्वसूचना आउँछ । ‘एन्ड्रोइड भूकम्प चेतावनी प्रणालीले फोनबाट आउने तथ्यांकको विश्लेषण गर्दछ र कुन क्षेत्रमा भूकम्प आउँदैछ भन्ने भविष्यवाणी गर्दछ,’ बीबीसीले लेखेको छ, ‘अझ सजिलो भाषामा भन्दा हामीले भूकम्पको धक्का महसुस गर्नुभन्दा अगाडि नै स्मार्टफोनले भूकम्पको तरंग थाहा पाउँछ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?