+
+

मकैको बीउमा गुल्मी आत्मनिर्भर, छर्नेबेला अभाव

अनिल खत्री अनिल खत्री
२०७९ चैत २६ गते १२:४२

२६ चैत, गुल्मी । गुल्मी जिल्ला मकैको बीउ उत्पादनमा आत्मनिर्भर बनेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । तर मकैको बीउ सञ्चय गर्ने बानी हटेकाले मकै छर्ने बेला बीउको अभाव हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लाका लागि उन्नत बीउ आवश्यकता ५५० मेट्रिक टन छ । हाल जिल्लामा ६४० मेट्रिक टन बीउ उत्पादन हुने गरेको छ । ‘गुल्मी जिल्ला मकैको बीउ उत्पादनका हिसाबले आत्मनिर्भर भए पनि बीउको लागि सञ्चय गर्ने बानी हटेकाले छर्ने बेलामा अभाव देखिने गरेको छ,’ भण्डारी भन्छन् ।

जिल्लामा २४ हजार ३६५ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । त्यसमध्ये उन्नत मकै २१ हजार ७१५ हेक्टर क्षेत्रफलमा र हाइब्रिड २ हजार ६५० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । जिल्लामा उन्नत बीउ १३ टन निर्यात हुने गरेको छ । ८ टन उन्नत बीउ आयात हुने गर्दछ । हाइब्रिड मकै ५५ टन आयात हुन्छ ।

जिल्लामा बीउ उत्पादनमा १७ वटा संस्था आबद्ध छन् । यी संस्थाले समूहमा मकैको बीउ उत्पादन गर्ने गरेका छन् । मनकामना ३, रामपुर कम्पोजिट, मनकामना १, देउती जातका मकै गुल्मीमा लगाउने गरिन्छ । त्यस्तै हाइब्रिड जातमा सिपी ८०८, सिपी ६६६, राजकुमार, जि.के.३१४०, जि.के. ३११४, जे.के एम. एच ५०२, सुवर्ण जातका मकै पनि कृषकले लगाउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?