+
+

२ वटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १९:१२

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ ।संघीय संसद सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडि बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताए ।

राप्रपा प्रतिनिधि सभाको पाँचौ ठूलो दल र दोस्रो ठुलो प्रतिपक्षी दल भएको भन्दै उनले दुई समितिको सभापति पाउनु आफूहरुको अधिकार भएको बताए ।

‘दशवटा समितिमध्ये हामीले दुईवटा पाउनुपर्छ । त्यो हाम्रो अधिकार पनि हो । किनकी प्रतिनिधि सभामा हामी सिट संख्याको हिसाबमा पाँचौ ठूलो दल हौँ । राष्ट्रिय दल पनि हो । राष्ट्रिय दल र पाँचौ ठूलो दल भएका हिसावले दुईवटा समितिमा हाम्रो दाबी हुन्छ’ उनले भने ।

समितिमा सदस्यहरुलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने बताए । ‘जस्तै हामीले भोलि लेखा समिति पायौं भने लेखा सम्बन्धी ज्ञान भएको मान्छे त्यहाँ जान्छ । राज्य व्यवस्था समिति भयो भने प्रशासनसँग सम्बन्धित ज्ञान भएको मान्छेलाई हामीले त्यहाँ चयन गर्छौं’ शाहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?