+
+

यस्तो ठाउँ जहाँ महिलालाई शरीका रौं काट्न बन्देज छ

एजेन्सी एजेन्सी
२०७९ चैत २७ गते ७:२२

संसारका विभिन्न देशमा फरक-फरक रीतिरिवाज तथा संस्कृति पाइन्छन् । कतिपय समाज तथा समुदायमा यस्ता परम्परा तथा नियमहरू पनि छन् जुन अहिलेको आधुनिक विश्वका लागि अनौठो तथा अपत्यारिलो विषय बन्न सक्दछ ।

उत्तर अमेरिकामा बस्ने अमिश समुदायका मानिसहरुमा एउटा यस्तो परम्परा छ जस अनुसार महिलाहरुलाई आफ्नै शरीरका रौं काट्ने सम्मको अनुमति छैन । उनीहरू आफ्ना हातखुट्टामा पलाएका रौंहरू समेत उखेल्न पाउँदैनन् । त्यसैले उनीहरु आफ्ना हातखुट्टामा पलाएका रौं लुकाउनका लागि लामो तथा ठूलो आकारका कपडा लगाउँछन् वा लामो मोजाहरू लगाउँछन् ।

यहाँका महिलाहरुले आफ्नो शरीरको कुनै पनि भागका रौं काट्न पाउँदैनन् । जसका कारण उनीहरुका काखीका रौं समेत निकै लामो भएका हुन्छन् र पसिनाका कारण दुर्गन्धको सामना गर्नुपर्दछ । त्यसैले गन्ध नियन्त्रणका लागि उनीहरुले साथमा पर्फ्युम बोकेर हिड्छन् ।

आधुनिकताको नाममा नियम तोड्ने छुट यो समुदायका महिलालाई छैन । नियम उल्लंघन गर्ने महिलालाई घरपरिवार तथा समुदायले पनि सजाय दिन्छ ।

स्मरण रहोस् अमिश समुदाय एनाबाप्टिज्म क्रिस्टियन चर्चासँग सम्बन्धित छ । उनीहरुले शरीरका रौं को सम्बन्धमा चर्चको बाइबलीय नियम पालना गर्दछन् । सो नियम अनुसार महिलालाई शरीरका रौं काट्नका लागि पूर्ण रुपमा बन्देज गरिएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?