+
+

ब्लुटुथको नाम कसरी रह्यो ? यस्तो छ कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते ७:५१

ब्लुटुथका बारेमा हामी सबैजसोले सुनेका छौं वा प्रयोग गरेका छौं । तपाईं चाहे घरमा हुनुहोस् वा गाडीमा र अफिसमै किन नहुनुहोस् कुनै न कुनै बेला ब्लुटुथको आवश्यकता परेको हुन्छ ।

अहिले अत्याधुनिक प्रविधियुक्त विभिन्न ब्लुटुथ डिभाइसहरु बजारमा उपलब्ध छन् । तर के तपाईंले यो उपयोगी प्रविधिसँग दाँतको कुनैपनि साइनो नहुँदा नहुँदै पनि किन यसको नाम ब्लुटुथ अर्थात् निलो दाँत रहेको होला भन्ने कहिल्यै सोच्नुभको छ ?

आखिर ब्लुटुथ नाम किन रह्यो भन्ने बारेमा हामी धेरैलाई थाहा नहुन सक्दछ ।
वास्तवमा माथि नै भनिसकियो कि ब्लुटुथको दाँतसँग कुनै साइनो नै छैन । तर पनि यसलाई निलो दाँत भनिन्छ ।

यो डिभाइस वा प्रविधिको नामका पछाडि एकजना युरोपेली राजाको नाम लुकेको छ । स्केन्डेनिभियाली मध्ययूगीन राजा हराल्ड गोर्मसनको नामबाट ब्लुटुथको नामाकरण गरिएको हो ।

ती राजालाई blátǫnn नामले पनि चिनिन्थ्यो । डेनिस भाषाको यो शब्दको अर्थ अंग्रेजीमा ब्लुटुथ भन्ने हुन्छ । यसरी हराल्ड गोर्मसन अर्थात् blátǫnn राजालाई ब्लुटुथ पनि भनिन्थ्यो ।

ती राजाको एउटा दाँत सडेर निलो भएको थियो । त्यसैले उनलाई निलो दाँत भएका राजा भन्ने गरिएको हो । आखिर ती राजाको ब्लुटुथ नाम यो प्रविधिका लागि कसरी जुराइयो त ?

ब्लुटुथलाई SIG ले तयार पारेको हो । ब्लुटुथका निर्माता जाप हर्टसेन भन्ने व्यक्ति इरिक्सन कम्पनीको रेडियो सिस्टममा काम गर्दथे । इरिक्सनसँगै त्यसबेला नोकिया, इन्टेल जस्ता कम्पनीहरु पनि ब्लुटुथ प्रविधिको विकासमा लागेका थिए ।

ब्लुटुथ प्रविधिको विकासका लागि विभिन्न कम्पनीहरु मिलेर Special Interest Group बनाएका थिए । SIG ले नै ती राजाको नाममा उक्त प्रविधिको नाम ब्लुटुथ राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?