+
+

घट्यो सुन चाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १२:०३

२७ चैत, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ३००, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८०० र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?