+
+

फिल्म ‘जारी’को अग्रिम टिकट बुकिङ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते २१:१८

काठमाडौं । आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट विक्री सुरु भएको छ । बिग मूभिज, आइएनआइ सिनेमाज् लगायतका मल्टिप्लेक्सले बुकिङ खुलाएका हुन् ।

बिग मूभिजले फिल्मलाई ६ शोज दिएको छ । हलको प्रारम्भिक शोज संख्यामा सोही दिन प्रदर्शन हुन लागेका अन्य तीन फिल्मभन्दा जारीको शोज संख्या उच्च छ । बिग मूभिजका व्यवस्थापक दिपेश शर्माले जारीको हाइप र ब्राण्डको कारणले पनि शोज संख्या अन्यभन्दा धेरै दिइएको बताए । निर्माता रामबाबु गुरुङले क्रमशः अन्य हलले पनि बुकिङ खुलाउने जानकारी दिए ।

‘कबड्डी’ फिल्म निर्माण कम्पनी बाँसुरी फिल्मसको प्रोजेक्ट भएकाले पनि दर्शकमाझ जारीलाई लिएर पर्खाइ छ । दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । फिल्मले पूर्वी नेपालको लिम्बु समुदायमा रहेको जारीप्रथा र विवाह संस्कृतिको कथा पेश गर्छ । नयाँवर्षको दिनमा बैशाख १ गते बिहेपास, बुलाकी र नाइँ नभन्नू ल ६ पनि प्रदर्शन तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?