+
+

अमेरिकाको केन्टकीमा गोली चल्दा पाँच जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते ७:२१

२८ चैत, काठमाडौं । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

उनले हानेको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा परेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?