+
+

प्यूठानमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते ११:०३

२८ चैत,  प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका-५ रम्दीमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

चेरनेटा रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नौबहिनी गाउँपालिका -१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी सुशील थापाले जानकारी दिए ।

उनका अनुसार दुर्गाको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेका ३ जना घाइते छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?