+
+

सरकार विस्तारबारे छलफल गर्न सुदूरपश्चिममा माओवादीले बनायो वार्ता टोली

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १२:१२

२८ चैत, धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले सरकार विस्तारका विषयमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गर्न वार्ता टोली गठन गरेको छ ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता खगराज भट्टको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

प्रदेश सभा सदस्य ओमबिक्रम भाट ‘सरल’ले भट्टको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको जानकारी दिए । उनका अनुसार वार्ता टोलीमा प्रदेश सभा सदस्य मानबहादुर धामी, गीता माल, रमेश धामी र शिवसिंह ओली सदस्य रहेका छन् ।

यस्तै अगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिन संसदीय दलका नेता भट्टकै संयोजकत्वमा अर्को टोली पनि गठन गरिएको छ । उक्त टोलीमा प्रदेश सभा सदस्य ओमबिक्रम भाट, जानकी देवी कुँवर, लक्ष्मी बिक, अक्कल रावल र झपट साउद सदस्य रहेका छन् ।

कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा दोस्रो शक्तिका रुपमा रहेको माओवादीले प्रदेश सरकारमा सम्मानजनक सहभागिता हुनुपर्ने बताउँदै आएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय वा आर्थिक मामिलामध्ये एक मन्त्रालय अनिवार्य पाउनुपर्ने माओवादीको अडान छ भने थप दुई मन्त्रालयमा पनि दिनुपर्ने पाउनुपर्ने माग गरिरहेको छ ।

२६ माघमा एमालेका राजेन्द्र रावल नेतृत्वको सरकार ढलेपछि मुख्यमन्त्रीमा नियुुक्त भएका कांग्रेसका कमलबहादुर शाहले २१ फागुनमा विश्वासको मत लिएका थिए ।

उनलाई कांग्रेससहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले विश्वासको मत दिएको थियो । तर मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिना बित्दासमेत शाहले सरकार विस्तार गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?