+
+

प्रकृति भन्छिन्- बिहेपछि फिल्मबाट टाढिएको होइन, अफर चाहिं कम आयो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १२:०६

काठमाडौं । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ आफू अभिनित पछिल्लो फिल्म ‘बिहे पास’ प्रवद्र्धनका लागि काठमाडौंमा छिन् । फिल्मकै लागि भनेर गत साता अष्ट्रेलियाबाट नेपाल आइपुगेकी उनलाई प्रचारको धपेडी छ । केही दिनअघि काठमाडौंमा सञ्चारकर्मीसँग उनले फिल्म र आफूलाई लिएर हुने चर्चाबारे धारणा राखिन् ।

‘होस्टेल’ डेब्यु अभिनेत्रीका लागि ‘बिहेपास’ तेस्रो फिचर फिल्म हो । नौ वर्षपछि उनी बिहेपासबाट कमब्याक गर्दैछिन् । पछिल्लोपटक ‘उत्सव’ रिलिज भएको थियो । फिल्मबाट बीचमा टाढिएकी प्रकृति पल शाहसँग हिट गीत ‘को होला त्यो’मा फिचर्ड भइन् ।

विवाहपछि अष्ट्रेलिया गएकी प्रकृतिले आफूलाई त्यसपछि फिल्मबाट प्रस्ताव आउन छाडेको भन्दै श्रीमानले फिल्म खेल्न नदिएको भन्ने माइन्डसेट निर्माता र निर्देशकमा रहेको आफूले पाएको बताइन् । ‘मेरो व्यक्तिगत जीवनलाई लिएर धेरै अनुमान भए । श्रीमानसँग बाहिर गएपछि काम गर्न दिएन भन्ने निर्माता र दर्शकको सोच भयो,’ उनले भनिन्, ‘हजबेन्डले काम गर्न दिएन भन्ने विचार धेरैको भयो । बिहेपास गर्न पनि एकदमै कठिन भएको थियो । लकडाउन भएकाले निश्चित मापदण्ड पूरा गरेर अष्ट्रेलियाबाट आउनुुपथ्र्यो ।’

अष्ट्रेलिया भासिएको भन्ने निर्माताको विचारले गर्दा आफूलाई फिल्मको अफर आउनै छाडेको समेत उनले बताएकी छन् । तर राम्रो कथावस्तु र टिम पाएको खण्डमा फिल्ममा आउन कुनै समस्या नहुने उनको भनाइ छ । ‘त्यो ग्याप पनि मैले चाहेर राखेको होइन,’ उनले यसबारे प्रष्टीकरण दिइन् ।

बिहेपासमा प्रकृति दयाहाङ राईको अपोजिटमा छिन् । यो फिल्मको कथावस्तु पनि आफ्नो जीवनसँग निकट रहेको प्रकृतिले बताइन् । ‘कतै न कतै मेरो वास्तविक जीवनसँग मेल खान आउने रहेछ । श्रीमानलाई माया गर्ने स्वभावकी मान्छे हुँ म । श्रीमानलाई नराम्रो भनेको मनपर्दैन,’ उनले भनिन् । २०७० सालमा रिलिज भएको होस्टेलबाटै प्रकृति एकाएक चर्चामा आएकी थिइन् । तर विवाह गरेर अष्ट्रेलिया लागेपछि उनी फिल्मबाट टाढिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?