+
+

स्लोभाकिया पठाइदिन्छु भनी १२ लाख ठगेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १६:२८

२८ चैत, काठमाडौं। स्लोभाकिया पठाइदिन्छु भनी १२ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा  पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्‍ने ४६ वर्षीय उकराज नेम्वाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौं  पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितसँग स्लोभाकिया पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?