+
+

पोष्टबहादुर बोगटी स्मृति कप भलिबलमा पुलिसको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १९:५९

२८ चैत, काठमाडौं । विभागीय प्रतिद्वन्द्वी एपीएफमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लबले मंगलबारबाट सुरु भएको पहिलो संस्करणको पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उदघाटन खेलमा पुलिसले एपीएफमाथि सोझो सेटमा जित निकालेको हो ।

विभागीय डर्बी भिडन्तमा पुलिसले पहिलो सेटमा २५–२१ को सेटमा जित निकालेको थियो ।

पहिलो सेटको जितपछि उच्च मनोबलका साथ खेलेको पुलिसले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २६–२४ को रोमाञ्चक निकाल्न सफल भयो ।

यस जितसँगै समूह बीको पुलिसले अंक तालिकामा ३ जोडेको छ । यससँगै पुलिसको सेमिफाइनल प्रवेश सम्भावना बलियो पनि भएको छ ।

प्रतियोगितामा बुधवार दुई खेल हुनेछन् । दिनको पहिलो खेल त्रिभुवन आर्मी क्लव र गण्डकी प्रदेश तथा दोस्रो खेल नेपाल पुलिस क्लव र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?