+
+

चितवनको टाइगरल्याण्ड रिसोर्टमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १२:४४
तस्वीर सौजन्य : सुविन दराई

२९ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ ।

आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् । अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरको  टोलीले दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?