+
+

नेटवर्किङ व्यवसायबाट ५० लाख भन्दा बढी ठगी, युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १३:१९

२९ चैत, काठमाडौं । नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा प्रहरीले सुनसरी धरानकी जुनुकला राईलाई पक्राउ गरेको छ ।

३५ वर्षकी राईले चावहिल गंगाहिटीमा भिजन ड्रिमरी प्रालि नामक कम्पनी सञ्चालन गरेर युवा युवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनले १६ देखि २५ वर्षका युवायुवतीलाई २५ देखि ४६ प्रतिशतसम्म नाफा हुने, वैदेशिक भ्रमण गर्न पाइने भनी ११ हजार ३०० देखि ५ लाख रुपैयाँसम्म तिरी सदस्यता लिन लगाउने र कम्तीमा ४ जना सदस्य बनाएमा लगानी रकम फिर्ता हुने आश्वासन दिएकी थिइन् ।

त्यस्तै कम्पनीले उत्पादन गरेको गुणस्तर परीक्षण नगरेको तयारी पोशाक, जुत्ता, हस्तकता सामान महंगो मूल्यमा बिक्री गर्न पनि लगाएको पाइएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

जुनुकलाविरुद्ध १४ जनाले लिखित र ३६ जनाले मौखिक उजुरी दिएको प्रहरीले जनाएको छ । लिखित उजुरी दिनेले १७ लाख ३ हजार ४०० र मौखिक उजुरी गर्नेले ३८ लाख १९ हजार ४०० रुपैयाँ ठगी गरेको दाबी गरेका प्रहरीले जनाएको छ ।

जुनुकलामाथि ठगी आरोपमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट अनुमति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?