+
+

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १४:३२

२९ चैत, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुन आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरिसकेको छ । यस्तै ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोष र २ अर्थात ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुलाइ छुट्याएर बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणको लागि वितरण गरेको हो । कम्पनीले सर्वसाधारणलाई १९ देखि २२ चैतसमम आईपीओ बिक्री खुला गरेको थियो ।

उक्त आईपीओ कुल १३ लाख ४० हजार ८५१ जनाबाट १ करिड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५९ हजार ४४९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । यस्तै १२ लाख ८१ हजार ४०२ आवेदन सदर भएको प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथा प्रक्रियामा सहभागी गराएर सेयर बाँडफाँट भएको छ । गोलाप्रथाबाट १ लाख ३३ हजार ७ सय ३० जनाले सेयर पाएका छन् । जसमध्ये २ जनाले ११ कित्ता सेयर पाएको प्रभु क्यापिटलले जनाएको छ । बाँकी आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले दोलाखमा ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजनाको निमार्ण गरी १८ वैशाख २०७९ देखि व्यावसायिक उत्पादन सुरु गरेको छ ।

आयोजनाको कुल अनुमानित लागत एक अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड २३ लाख ४५ हजार ५७१ रुपैयाँ रहेको छ।

त्यस्तै कम्पनी ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजना निमार्ण अन्तिम चरणमा पुर्‍याएको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?