+
+

टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रंगमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १८:४९

काठमाडौं । टीभीएस मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रंगमा सार्वजनिक गरेको छ । यसअघि रेस एडिसन रेड र रेस एडिसन एल्लो गरी दुई वटा कलर रहेकोमा अब यो तेस्रो कलर मरिन ब्लु कलर रहेको कम्पनीले बताएको छ ।टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउने कम्पनीले बताएको छ ।

कालो, मेटालिक ब्ल्याक र मेटालिक निलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउने कम्पनीको दाबी छ ।

नेपालमा टीभीएस एनटर्क आरटी–एफआई १२५ रेस एडिसन–मेरिन ब्लुमा सार्वजनिक गर्न पाउँदा खुसी लागेको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए । स्मार्ट स्कुटर आरटी–एफआईको समावेशसंग एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको र यो प्रक्षेपणको साथ युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध रहेको उनले बताए ।

सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक अखिल गुप्ताले टीभीएस एनटर्क आरटी–एफआई १२५ ले युवावर्गका लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको बताए ।

नेपालमा सबैभन्दा लोकप्रिय स्कुटर ब्रान्ड टीभीएस एनटर्क आरटी–एफआई १२५ रेस एडिसनको मेरिन ब्लु स्कूटर आरटी–एफआई प्लेटफर्मले सुसज्जित रहेको उनले बताए । स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टीभीएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तिखो, आक्रामक शैलीलाई मूर्त रूप दिने उनले बताए । स्कुटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टीभीएस रेसिङ पेडिग्रीलाई थप जोड दने र स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउने कम्पनीले बताएको छ ।

मरिन ब्लु कलरमा उपलब्ध नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो नेपालभर टीभीएस मोटर कम्पनीको आधिकारिक डिलरसीपहरूमा उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?