+
+

महासंघमा मतदान सकियो, राति ८ बजेदेखि मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १८:५६

२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षसहितका पदमा भएको निर्वाचनको मतदान सकिएको छ ।

निर्वाचन प्रमुख लिलामणि पौडेलका अनुसार महासंघमा वस्तुगत, जिल्ला नगर र एसोसिएटतर्फको मतदान सकिएको छ । पौडेलका अनुसार राति ८ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

जिल्ला नगर र वस्तुगतर्फत शतप्रतिशत मत खसेको छ भने एसोसिएटमा १५ मत नखसेको उनले बताए । कुल १ हजार ६६४ मध्ये १ हजार ६४९ मत मात्र खसेको छ ।

महासंघमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयनका लागि मतदान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?