+
+

सरकारले महाविपत्तिको जस्तो समय सोचेर काम गर्नुपर्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २ गते १६:३३

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलाजस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको उनले बताए ।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने धारणा राखेका हुन् ।

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ । उसलाई भ्याईनभ्याई हुनु पर्दछ । त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नु पर्दछ । अनिमात्रै परिणाम दिन सकिन्छ’, उनले भने ।

महामन्त्री थापाले ठीक ढंगले काम गर्न नसकेमा मुलुकको स्थिति बिग्रदै जाने पनि बताए । ‘हामीले ठीक ढंगले काम गर्न सक्यौं भने अबको ३÷४ महिना भित्रमा फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन । स्थिति ठीक छैन, असहज छ । राम्रोसँग सम्हालेनौ भने बिग्रदै जान्छ’ उनले भने ।

महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले भने, ‘अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भइरहेको छ । त्यसको प्रभाव नपर्नका निम्ति हाम्रा बीचमा भएका बेमेलहरुलाई हटाएर सबै वडा सम्मेलनहरु गर्नुपर्‍यो । प्रदेश सम्मेलन गर्नुपर्‍यो । क्षेत्रीय सम्मेलन गर्नुपर्‍यो । जिल्ला सम्मेलन गर्नुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?