+
+

मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो जाउलाखेल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २ गते १७:३७

२ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दीमाथि सानदार जित हात पारेको छ र, लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार च्यासल मैदानमा भएको खेलमा जाउलाखेलले मनाङमाथि ३–० को जित निकालेको हो ।

खेलमा जाउलाखेलले चौथो मिनेटमै मसोअबिको गोलबाट आग्रता लिएको थियो । बाँकी दुई गोल भने इन्जुरी टाइममा भयो ।

निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको पाँचौं मिनेटको पहिलो मिनेटमा फोफानाले गोल गरे । अन्तिम मिनेटमा मसोअबिले व्यक्तिगत दोस्रो गोल गरेपछि जाउलाखेलले महत्वपूर्ण तीन अंक हात पार्‍यो ।

यो जितसँगै जाउलाखेल ९ खेलबाट १७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै शीर्ष स्थानमा उक्लिने मौका गुमाएको मनाङ १५ अंकका साथ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?