+
+

प्रधानमन्त्रीले गरे कांग्रेस र एकीकृत समाजवादीका नेतासँग छलफल

रासस रासस
२०८० वैशाख २ गते १९:००

२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

हालको मन्त्रिपरिषदमा ६ वटा मन्त्रालय अझै प्रधानमन्त्रीको जिम्मामा छ । ती मन्त्रालयमा मन्त्री नियुक्तिका लागि प्रधानमन्त्रीले कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुसँग छलफल गरेका हुन् ।

छलफलमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपाएकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल पनि सहभागी थिए ।  प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?