+
+

राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

रासस रासस
२०८० वैशाख ४ गते १६:३९

४ वैशाख, काठमाडौं । सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व संकलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

‘यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आइए, टीएसए, सिजीएएस, सुत्र, पीएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गदछौं’, कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्णरुपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए।

‘दिउँसो ३ घण्टा सर्भर पूर्णरुपमा डाउन भएको थियो, १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ’, उनले भने ।

उनका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाईनमार्फत हुने राजस्व संकलन ठप्प भएको छ । राजस्व सङ्कलनसँगै काटिएका चेकसमेत नसाटिएको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?