+
+

धनगढीमा कक्षा ८ को परीक्षामा १८ विद्यालयको नतिजा शून्य

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १७:५८

४ वैशाख, धनगढी। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका १८ विद्यालयको नतिजा शून्य आएको छ  ।

धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार नगर क्षेत्रका १७ सामुदायिक र एउटा संस्थागत गरी १८ विद्यालयका कुनै पनि विद्यार्थी ९ कक्षा पढ्न योग्य नभएका हुन् ।

उपमहानगरपालिकाको शिक्षा शाखाका संयोजक नरेन्द्रबहादुर खातीले परीक्षामा सहभागी १०६ विद्यालय मध्ये १८ विद्यालयको नतिजा निराशाजनक आएको बताए ।

उनका अनुसार पुनः उत्तरपुस्तिका जाँच र ग्रेड बृद्धिको परीक्षा हुन बाँकी रहेकाले शून्य नतिजा आएका विद्यालयले सुधार गर्ने मौका रहेको छ ।

परीक्षामा सामुदायिकतर्फका ४६ र संस्थागततर्फ ६० गरेर कुल १०६ विद्यालयका चार हजार ६३८ विद्यार्थी सहभागी भएका थिए ।

उनीहरु मध्ये एक हजार पाँच सय ३ जनाले मात्र पहिलो चरणमै ९ कक्षामा भर्ना हुन पाउनेगरी ग्रेड कटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?