+
+

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २२ वैशाखदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १४:५६

४ वैशाख, काठमाडौं । चितवनको भरतपुरमा उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले ७ औं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ ।

चितवन उद्योग संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी २२-२४ वैशाखसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा प्रदर्शनी आयोजना गर्ने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीहरुको मनोबल बढाउनुपर्ने खाँचो रहेको बताए । कठिन परिस्थितीमा समेत चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने उनको भनाइ छ ।

प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।

प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी हुने उनले जानकारी दिए । यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने छन् ।

निःशुल्क प्रवेशको व्यवस्था रहेको औद्योगिक प्रदर्शनीमा औद्योगिक प्रवर्द्धन गर्न विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने समेत आयोजकको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?