+
+

काइली जेनर र टिमोथी चालमेटको डेटिङको खबरले हलिउड तरंगित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १३:५२

काठमाडौं । चर्चित सेलिब्रिटीहरु काइली जेनर र टिमोथी चालमेटको डेटिङको खबरले यतिबेला हलिउड तरंगित बनिरहेको छ । टेलिभिजन पर्सनालिटी र उद्यमी समेत रहेकी काइली यो डेटिङको चर्चासँगै ट्राभिस स्कटसँग टाढिएको पक्का भएको छ । स्कटको तर्फबाट काइलीसँग दुई सन्तान छन् ।

काइलीले गायक तथा र्‍यापर समेत रहेका स्कटसँग ब्रेकअप गरेको खबर आएको एक महिना बित्नै लाग्दा उनको नयाँ रोमान्सबारे चर्चा सुरु भएको हो । यद्यपि टिमोथी र काइलीले आफ्नो प्रेम सम्बन्धबारे औपचारिक रुपमा पुष्टि गरेका छैनन्, तर यो खबर आजको हलिउड सञ्चारमाध्यमको शीर्ष समाचार बनिरहेको छ ।

‘उनीहरु प्रेममा छन् । यो सत्य हो तर सम्बन्धलाई क्याजुअल राखिरहेका छन्,’ हलिउड म्यागजिन इन्टरटेनमेन्ट विक्लीले लेखेको छ । उनीहरु पछिल्लो सप्ताहन्त प्रतिष्ठित अमेरिकी सांगीतिक फेस्टिभल कोचिल्लामा पनि एकसाथ देखिएका थिए । डेटिङको हल्ला चलिरहँदा एकसाथ देखिंदा यो जोडीबीच प्रेम रहेको अनुमानलाई बल मिल्यो ।

यस वर्ष जनवरीमा पेरिस फेसन वीकबाट यी दुईले च्याट गरिरहेको अनुमान गरिएको छ । उक्त म्यागजिन लेख्छ, ‘तिनीहरू यस बिन्दुमा चीजलाई अनौपचारिक राखिरहेका छन् । यो गम्भीर छैन, तर काइली टिमोथीसँग ह्याङआउट गर्न र कहाँ जान्छ भनेर रमाइलो गर्दैछिन् । यो उनको लागि साँच्चै रमाइलो भएको छ, किनभने उनले यसलाई विगतका सम्बन्धहरू भन्दा धेरै फरक महसुस गरेकी छन् । यो काइलीका लागि नयाँ र रोमाञ्चक छ र उनले धेरै रमाइलो गरिरहेकी छन्,’ स्रोतले भन्यो ।

गत जनवरीमा काइली र स्कटबीच पुनः ब्रेकअप भएको हल्ला फैलिएको थियो । सन् २०१९ मा पनि यी दुईबीच रोमान्स चलेको थियो जुन फेब्रुअरी २०२२ मा आएर टुंगियो । अभिनेता चालमेटसँग विगतमा पनि उनको हाइप्रोफाइल रोमान्ससँग नाम जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?