+
+

कांग्रेसले गर्‍यो गोविन्दराज जोशी र दिनेश कोइरालासहितको कारबाही फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १८:४६

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व केन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही फुकुवा गरेको छ ।

पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानले एक विज्ञप्ति निकाल्दै २०७४ साल र २०७९ सालमा भएका चुनावमा बागी उठेका र उनीहरुको प्रस्तावक र समर्थक बसेर कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका सदस्यहरुको कारबाही फुकुवा गरेको बताएका छन् ।

जस अनुसार जोशी र कोइरालासहित कारबाहीमा परेका कांग्रेस नेता कार्यकर्ताको कारबाही फुकुवा भएको छ ।

२०७४ सालमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी खारेज भएपछि तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानलाई समर्थन गरेका थिए ।

यस्तै कोइरालाले पनि गत चुनावमा चितवन ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसका कारण उनीहरुलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

‘२०७४ साल र २०७९ सालमा भएका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध वागी उम्मेदवारी दिएका र त्यस्ता वागी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरीतका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चीतवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारबाही आजैका मितिदेखि लागु हुने गरी फुकुवा गरिएको छ,’ ढुंगानाले विज्ञप्तिमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?