+
+

संवैधानिक परिषद्को बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते ९:००
Photo Credit : PMO Press

६ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदको बैठक जारी छ ।

परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का बैठकमा सहभागी छन् । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न डाकिने संवैधानिक परिषदको बैठकमा भने कामु प्रधानन्यायाधीशको साटो कानूनमन्त्री पदेन सदस्य हुन्छन् ।

यही वैशाख ४ गते बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो । त्यसअघि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानून व्यवसायीहरुले पत्रकार सम्मेलन गरी तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिएका थिए ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?