+
+

आमाको मुख हेर्ने दिनमा फिल्म ‘गणपति’को गीत ‘ए मेरी आमा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १३:५२

काठमाडौं । मातातीर्थ औंसीको अवसरमा फिल्म ‘गणपति’ले ‘ए मेरी आमा’ बोलको मर्मस्पर्शी गीत सार्वजनिक गरेको छ । जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको यो गीतले आमाको महत्व र भावनालाई चित्रण गर्छ । निर्देशक अधिकारीले नै शब्द र संगीत रहेको गीतमा प्रविन बेडवालको स्वर छ ।

गीतमा फिल्मका शीर्ष कलाकार चित्रित छन् । फिल्मले नेपाली समाजमा व्यक्तिलाई कुनैबेला भगवान बनाउने र कुनैबेला दानवको व्यवहार गर्ने असमान प्रवृत्तिलाई चित्रण गर्छ । फिल्ममा मुकुन भुसाल र मेनुका प्रधानको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय छ ।

निर्माता लक्ष्मण थापाले फिल्मले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए । एबिगम्यान फिल्म्सको ब्यानरमा थापाले निर्माण गरेको यस फिल्ममा हरिबहादुर घलेको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?