+
+

सुर्खेत-१ बाट निर्वाचित तीनैजना सांसद बने मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १९:४६

७ वैशाख, सुर्खेत । सुर्खेत-१ बाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित तीनै जना सांसद मन्त्री बनेका छन् । केन्द्र सरकारको उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्का यसै क्षेत्रबाट प्रतिनिधि सभा सांसद हुन् ।

४ मंसिरको चुनावमा यो क्षेत्रबाट निर्वाचित दुबै उम्मेदवार कर्णाली प्रदेश सरकारको मन्त्री बने । सुर्खेत १ (१) बाट कांग्रेसका खड्गबहादुर पोखरेल र (२) बाट माओवादी केन्द्रका कृष्णबहादुर जिसी निर्वाचित भएका थिए ।

माओवादी केन्द्रका नेता जिसी ११ माघमै कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका थिए । बिहीबार मन्त्रिपरिषद विस्तार हुँदा सुर्खेत १(१) बाट निर्वाचित कांग्रेसका जिल्ला सभापति समेत रहेका पोखरेल सामाजिक विकास मन्त्री बनेका छन् ।

कर्णालीका सबै भूगोल समेटेर मन्त्रिपरिषद सदस्य चयन गर्नुपर्नेमा राजनीतिक पहुँच र गुटको आधारमा मन्त्री बनाइएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?