+
+

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते ९:०७
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्य

९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा स्थापित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’को वार्षिक केन्द्रीय सभा हुँदैछ ।

ललितपुरको महालक्ष्मीस्थानस्थित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय परिसरमा शनिबार (आज) दिउँसो २ बजे सुरु हुने सभाको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड प्रतिष्ठानका संरक्षक समेत हुन् ।

सभामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश र पूर्वप्रधानमन्त्री तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाल लगायत पनि सहभागी हुने प्रतिष्ठानका सचिव शंकर दुलालले जानकारी दिए ।

२०७३ मा स्थापित प्रतिष्ठानले वैज्ञानिक र रोजगारमुलक क्षेत्रमा विशेष योगदान पु¥याउन विभिन्न जिल्लामा बहुप्राविधिक शिक्षालयहरु समेत सञ्चालन गरिरहेको छ । नेपाली वाम–लोकतान्त्रिक आन्दोलनको इतिहास, समग्र नेपालको इतिहास, संस्कृति, नेपाली समाजको विकासक्रम, समृद्धि र सामाजिक आर्थिक रूपान्तरणको विविध पक्षमा वैज्ञानिक र वस्तुपरक खोज, अनुसन्धान, अन्तरक्रिया, बहस र प्रकाशन गर्नु प्रतिष्ठानको मुख्य लक्ष्य छ ।

१९८१ साल कात्तिक १४ गते ललितपुरको पाटनमा जन्मिएका कर्माचार्यको निधन २०७० साल साउन ९ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?