+
+

सेती प्रादेशिक अस्पतालमा पहिलो पटक मिर्गौलाको शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १०:२७

९ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पतालमा सुदूरपश्चिममै पहिलो पटक दुरविन विधिबाट मिर्गौलाको शल्यक्रिया गरिएको छ । प्रादेशिक अस्पतालले कैलालीको पवेरा बस्ने ४९ वर्षीया महिलाको ल्याप्रोस्कोपिक विधिबाट मिर्गौलाको शल्यक्रिया गरिएको जनाएको छ ।

काठमाडौँको बीर अस्पतालबाट आएका डाक्टर सुरेन्द्र बस्नेत नेतृत्वको टिमले बुधबार प्रादेशिक अस्पतालमा ती महिलाको मिर्गौलाको शल्यक्रिया गरेको हो । ‘पत्थरीका कारण उहाँको वायाँ किड्नीले काम गर्न छाडेको अवस्था थियो । हामीले दुरविन पद्धतीबाट त्यो किड्नीलाई बाहिर निकालेका हौँ,’ डा. बस्नेतले भने, ‘यो सुदूरपश्चिम प्रदेशमै पहिलो पटक भएको शल्यक्रिया हो । अहिलेसम्म यहाँका कुनै अस्पतालले गरेको छैन ।’

शल्यक्रियामा डा. बस्नेतसँगै डाक्टर जोनस तिवारी, डा.कपिल गौतम, डा.दिपेश श्रेष्ठ र क्षितिज विक्रम तथा नर्सिङतर्फ सनिता कोइराला, पबिता बोहरा,लक्ष्मी उपाध्याय, जानकी पाण्डे, लालु डगौरा र रमैया चौधरी पनि संलग्न थिए ।

ल्याप्रोस्कोपिक सर्जरीले रक्तश्राव कम हुने, बिरामी चाँडै सन्चो हुने, शरीरमा सानो दाग हुने, इन्फेक्सन कम हुने र धेरै दिन अस्पतालमा भर्ना भएर बस्न नपर्ने डाक्टर बस्नेत बताउँछन् ।

प्रादेशिक अस्पतालले युरोलोजी सम्बन्धीका अन्य शल्यक्रिया सेवा पनि चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?