+
+

‘छक्कापञ्जा ४’ले मनायो १६ भन्दा बढी हलमा ५१ दिन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते २१:४०

काठमाडौं । ‘छक्कापञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ दिन सेलिब्रेसन गरेको छ । मुलुकका १६ भन्दा बढी हलमा दीपकराज गिरी स्टारर फिल्मले यो सफलता प्राप्त गरेको हो ।

घरेलु बक्सअफिसमा उछाल कमाइ गरेको यो फिल्म अहिले पनि उत्साहजनक कमाइसहित चलिरहेको छ । रिलिज भएका कतिपय फिल्मलाई हलमा एकसाता पनि टिक्न मुस्किल भैरहेको बेला ‘छक्कापञ्जा ४’को यो कमाइ आफैमा उत्साहप्रद हो ।

५१ दिन सेलिब्रेसन गर्न अभिनेता तथा निर्माता गिरी, अभिनेत्री दीपाश्री निरौला, निर्माता निर्मल शर्मा शनिबार राजधानीका विभिन्न हलमा पुगेका थिए । क्यूएफएक्सको भक्तपुरस्थित हलमा पुगेर उनीहरुले दर्शकसँगै फिल्म हेरे र धन्यवाद दिए ।

समसामायिक राजनीतिक कथावस्तुमा आधारित यो फिल्म नेपालसहित विदेशमा पनि आक्रामक ढंगले चलेको छ । अघिल्ला तीनै श्रृंखलाको उछाल कमाइलाई निरन्तरता दिँदै चौंथो श्रृंखलाले ब्लकबस्टर कमाइ गरेको हो ।

गतवर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा दीपक, दीपासहित नीर शाह, केदार घिमिरे, बुद्धि तामाङ लगायतको शीर्ष भूमिका छ । वर्ष २०७९ मा ५१ औं दिन मनाउने यो तेस्रो फिल्म हो । ‘कबड्डी ४’ र ‘महापुरुष’ले पनि प्रदर्शनको ५१ औं दिन सेलिब्रेसन गरेका थिए ।

हेमराज बीसी निर्देशित यो फिल्मको पटकथा दीपकले लेखेका हुन् । कम्तीमा केही वर्षको ग्याप गरेर पाँचौ श्रृंखला निर्माण गर्ने निर्माताको योजना छ । त्यसअघि दीपक अन्य केही ब्यानरका फिल्ममा काम गर्ने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?