+
+

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको बन्द इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १२:२९

११ वैशाख, काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंले सुनुवाइका लागि न्यायाधीश दीपक ढकालको इजलासमा मुद्दा तोकेको हो । सुनुवाइ बन्द इजलासमा हुनेछ ।

बलात्कार आरोप लागेपछि सन्दीपलाई गत असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै नेपाल क्रिकेट संघ क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि गत पुस २९ गते धरौटीमा रिहा भएका थिए ।

त्यसपछि क्यानले उनको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा समावेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?