+
+

ट्वीटरमा १० लाख फलोअर्स हुनेलाई नि:शुल्क निलो टिको !

एजेन्सी एजेन्सी
२०८० वैशाख १२ गते ६:५०

आइतबार आफ्नो ट्वीटर अकाउन्ट लगइन गर्दै गर्दा विश्वको राजनीति, मनोरञ्जन तथा खेल क्षेत्र सम्बद्ध धेरै सेलिब्रेटीहरू अचम्ममा परे । किनकि शुल्क नतिरेको भन्दै एलन मस्कले हटाइदिएको आफ्नो ट्वीटर अकाउन्टको लोकप्रिय नि:शुल्क निलो टिको पुनः फर्काइएको थियो ।

१० लाख वा सोभन्दा धेरै फलोअर्स हुनेको ट्वीटर भेरिफिकेसन ब्याज फिर्ता गर्ने ट्वीटरको निर्णयसँगै धेरै चर्चित सेलिब्रेटीको हराएको निलो चिह्न शुल्क नतिरिकनै फिर्ता दिइएको छ ।

भारतमा महान क्रिकेटर सचिन तेन्दुलकरदेखि अभिनेताहरु अमिताभ बच्चन, शाहरुख खानलगायतको ट्वीटर अकाउन्टको लिगेसी भेरिफिकेसन ब्याज फिर्ता आएको छ ।

यतिमात्र होइन मृत्यु भैसकेका बास्केटबल खेलाडी कोबो ब्राएन्ट तथा चाडविक बोसम्यान जस्ता दिवंगत सेलिब्रेटीहरुले पनि उनीहरुको ट्वीटर अकाउन्टबाट हटाइएको निलो चिह्न फिर्ता पाएका छन् ।

तर ६५ लाख फलोअर्स भएका ट्वीटर संस्थापक ज्याक डोर्सीको ट्वीटर अकाउन्टबाट हटेको निलो टिको चाहिँ फिर्ता गरिएको छैन ।

ट्वीटरले मासिक शुल्क नतिर्ने प्रयोगकर्ताहरुको अकाउन्ट भेरिफिकेसन ब्याज हटाउने निर्णय अनुसार बिहीबारदेखि विश्वका धेरै देशमा सरकारी निकायहरु, सेलिब्रेटी, व्यापारी तथा नेता आदिको ट्वीटर अकाउन्टमा रहेको नि:शुल्क निलो टिको हटाइदिएको थियो ।

ट्वीटरले अकाउन्ट भेरिफिकेसनका लागि मासिक शुल्क तिर्नुपर्ने नियम ल्याएसँगै त्यसको आलोचना भएको थियो । अमेरिकाका कतिपय चर्चित सेलिब्रेटीहरुले ट्वीटर भेरिफिकेसन सब्सक्रिप्सनको शुल्न नतिर्ने बताएपछि एलन मस्क आफैंले उनीहरुको शुल्क तिरिदिने बताएका थिए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?