+
+

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १२:३५

१२ वैशाख, काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार १ सय र तेजावी सुनको मूल्य १ लाख ८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार चाँदीको कारोबार सोमबारकै मूल्य प्रतितोला १ हजार ४२० रुपैयाँमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?