+
+

थप १३६ जनामा कोरोना संक्रमण, ३९०  जना सक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १७:१६

१२ वैशाख, काठमाडौं।  पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना  र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ भने संस्थागत आईसोलेशनमा २७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?