+
+
Shares

प्रतिनिधि सभा बैठक बस्दै, टीआरसी विधेयक अघि बढाउन विशेष समिति बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते ९:५०

१३ वैशाख, काठमाडौं ।  प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गर्नेछ ।

सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । विशेष समितिमा रहने सांसदहरुको नामसहितको प्रस्तावमा एमालेका सांसद रघुजी पन्तले समर्थन जनाउनेछन् ।

विशेष समितिमा रहने सांसदहरूको नाम भने तय भइसकेको छैन । बैठकअघि दलहरूले छलफल गरी सांसदहरूको नाम टुंगो लगाउने बताएका छन् ।

यसअघि सरकारले यो विधेयकलाई फास्ट ट्रयाकमा पारित गराउन चाहेको थियो ।तर, प्रमुख विपक्षी एमालेले संसदीय समितिमै छलफलमा लैजानुपर्ने अडान लिएको थियो ।

दुवै अडानमा नरहेर विकल्पमा विशेष समिति गठन गर्ने विषयमा प्रमुख तीन राजनीतिक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहमत भएपछि सोही अनुसार विशेष समिति गठन गर्न लागिएको हो ।

२५ फागुन २०७९ मा प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले संसदमा दर्ता गरेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक) दफावार छलफलको चरणमा पुगेको छ ।

विशेष समिति गठन भएपछि यो विधेयकमाथिको दफावार छलफल सोही समितिमा हुनेछ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?