+
+

वर्षा राउतको गुनासो : ‘कम्प्रोमाइज’ भन्ने शब्द छोरी मान्छेलाई मात्रै लागू हुन्छ हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १४:०३
वर्षा राउत । फाइल तस्वीर

काठमाडौं । अभिनेत्री वर्षा राउत पछिल्लो समय निजी जीवनका कारण चर्चामा छिन् । गत वर्ष अभिनेता समेत रहेका श्रीमान् सञ्जोग कोइरालासँगको मनमुटावको कुरा उनी आफैंले सार्वजनिक गरेकी थिइन् । त्यतिबेला सम्बन्ध विच्छेदको सोच आएको टिप्पणी पनि वर्षाले गरेकी थिइन् ।

समाजको लागि भए पनि आफूहरु मिलेर बस्नुपर्छ भन्ने सुझाव आफूले पाएको उनले बताएकी थिइन् । त्यसको केही महिनापछि अभिनेता सलोन बस्नेतको रिसेप्सन पार्टीमा एकसाथ देखिएपछि यी दुईबीचको मनमुटाव मत्थर भएको अनुमान गरिएको थियो ।

मंगलबार वर्षाले इन्स्टाग्राम स्टोरीमा एकैसाथ तीनवटा स्टोरी पोस्ट गरेकी थिइन्, जसले त्यसतर्फ संकेत गर्छ । पहिलो स्टोरीमा उनले लेखेकी थिइन्, ‘म ती व्यक्तिको वरपर रहँदा थकित भइसकें, जसले इमान्दारिताको कुरा बुझ्दैनन् ।’ कालो ब्याकग्राउन्ड सहितको अर्को स्टोरीमा उनी लेख्छिन्, ‘समाजभन्दा अब आफ्नो मानसिक शान्तिलाई रोज्छु । सम्झौता धेरै भयो ।’ तेस्रो पोस्टमा उनी पुनः लेख्छिन्, ‘यो कम्प्रोमाइज भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?’

‘नाइँ नभन्नु ल ४’ बाट अभिनयमा डेब्यु गरेकी वर्षाले १५ वटा फिल्ममा काम गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?