+
+

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १४:२१

१३ वैशाख, काठमाठौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४ वैशाखदेखि ७ वैशाखसम्म निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँट गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि कुल ९ लाख ३४ हजार ९१५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो। उक्त आईपीओमा कुल १२ लाख ४४ हजार ३८५ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ६५ हजार ६४६ वटाआवेदन रद्द भएर ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडाफाँट भएको कम्पनीले जनाएको छ । स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट ९५ हजार ४११ जनाले १० कित्ताका दरले सेयर बाँडफाँट भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ । जसमध्ये ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । अन्य आवेदकले भने कम्पनीको सेयर प्राप्त गर्न सकेनन् ।

कम्पनीले संखुवासभामा ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । कुल अनुमानित लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?