+
+

माओवादी पूर्वलडाकुलाई पैसा होइन रोजगारी दिऊँ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १०:१८

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी पूर्वलडाकुलाई राहत रकम दिने तयारीको विरोध गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले विरोध गरेका हुन् । उनले लेखेका छन्, ‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’

विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधान लम्बिएको उल्लेख गर्दै उनले पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘उनीहरुलाई पैसा होइन रोजगारी दिऊँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?