+
+

हर्क साम्पाङलाई पल शाहको गैंती-बेल्चा कोसेली

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १३:३८

काठमाडौं । अभिनेता पल शाह हिजोआज महोत्सवमा सहभागी हुन दौडधुपमा व्यस्त छन् । पश्चिम नेपालका महोत्सवमा पुगेका उनी बुधबार पूर्वी सहर धरान पुगे । सोही दिन बेलुका उनले इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा मनोरञ्जन प्रदान गरे ।

बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर उनले गैंती-बेल्चाजस्ता औजार कोसेली दिए । उक्त खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरेको र मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको पलले बताए । औजार कोसेली दिने क्रममा अहिले हलमा चलिरहेको फिल्म ‘जारी’की कलाकार रेखा लिम्बू पनि उपस्थित थिइन् ।

‘हर्क सरको सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुसी लागेको छ । महोत्सवबाट पाएको पारिश्रमिकको केही हिस्सा सहयोग गरेको हुँ,’ उनले भने । औजार ग्रहण गर्दै मेयर साम्पाङले पनि सबैै नेपालीभाषीलाई यो उपहारले सन्देश दिएको बताए । ‘मान्छेले खानेकुरा कसरी उत्पादन हुन्छ भन्ने कुरा बिर्सिए, पलजीले त्यो सम्झाइदिनुभएको छ,’ साम्पाङले भने ।

पलले पनि आफूले कामबाट प्राप्त गर्ने पारिश्रमिकको निश्चित प्रतिशत समाजसेवामा प्रदान गर्ने बताए । पल शाह यतिबेला फिल्ममा कमब्याकको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?