+
+

नेतृत्वमा आलोपालोको लिखित समझदारी नै गर्छौं : माओवादी नेता चुमान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १६:३०

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेश सरकारमा नेतृत्व आलोपालो गर्ने लिखित समझदारी नै गर्ने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि चुमानले पत्रकारहरुसँग पहिलो पालोमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिएको बताए ।

‘आलोपालोमध्ये पहिला कसले लिने भन्नेमा आआफ्नो दाबी थियो । केन्द्रमा सत्तारुढ गठबन्धनबाट निर्णय हुनपथ्र्यो । सातै प्रदेशको निर्णय हुनुपर्ने भएकाले आज विहान मात्र यसबारे निर्णय भयो । पहिलो पालो कांग्रेसलाई दोस्रो माओवादी केन्द्रलाई भन्ने आज विहानमात्र टुंगियो’ उनले भने ।

सत्ता सहकार्यका विषयमा कतिपय कुरामा समझदारी बनाउनै बाँकी रहेको भन्दै उनले भने, ‘समय नै किटान गरौं भन्ने पनि छ । लिखित नै हुन्छ, सामान्यतया आधा आधा नै हुन्छ ।’

माओवादीबाट सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषयमा संसदीय दलले निर्णय गर्न बाँकी रहेको चुमानले बताए । तपाईं नै जाने हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘दलले जा भन्यो भने जाने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?