+
+

‘ब्युटी विथ पर्पस’का लागि रकम जुटाउन अमेरिका लागिन् मिस नेपाल प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १७:४१
फाइल तस्वीर

काठमाडौं । आगामी विश्व सुन्दरी प्रतियोगिताको एक महत्वपूर्ण विधा ब्युटी विथ पर्पसका लागि अर्थ संकलन गर्न मिस नेपाल प्रियंकारानी जोशी अमेरिका प्रस्थान गरेकी छन् । द हिडन ट्रेजरका अनुसार तीन साताको बसाइमा उनले चार अमेरिकी राज्यको नेपाली डायस्पोरामा अर्थ संकलन गर्नेछिन् ।

यसअघि मिस नेपाल उत्तर अमेरिकाको जज बनेर त्यता लागेकी प्रियंकाको यसपटकको भ्रमण चाहिं विशुद्ध ब्युटी विथ पर्पसका लागि देखिएको छ । अहिलेसम्म न्युयोर्क, सियाटल र बाल्टिमोरमा च्यारिटी डिनर निश्चित भएको छ भने एक राज्यको कार्यक्रम तय हुन बाँकी छ । यो जमघटमार्फत उनले आर्थिक सहयोग जुटाउनेछिन् ।

यसअघिको अमेरिका भ्रमणमा उनले गैरआवासीय नेपालीलाई यो परियोजनामा सघाउन आग्रह गरेकी थिइन् । ब्युटी विथ पर्पस परियोजनाअन्तर्गत प्रियंकाले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकाको अपरदाङ गढीमा राष्ट्रिय विद्युत प्रसारण पुर्‍याएकी छन् । यसबाहेक गाउँमा उद्यमशिलताका कार्यक्रम सञ्चालन गर्नेदेखि केही सार्वजनिक शौचालय निर्माण गर्ने उनका योजना छन् ।

यसका लागि कम्तीमा ५५ लाखदेखि ६५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । अमेरिका मात्र होइन, उनले नेपालमा समेत अर्थ संकलन गरिरहेकी छन् । राष्ट्रिय वाणिज्य बैंकले ७ लाख रुपैयाँ सघाएको छ भने पोखरामा आयोजित च्यारिटी डिनरमा पनि अर्थ संकलन भएको थियो ।

मिस वर्ल्ड सर्‍यो, सन् २०२३ को अन्त्यमा हुने

आगामी मे महिनामा हुने भनिएको मिस वर्ल्ड प्रतियोगिताको मिति सरेको छ । आयोजकले द हिडन ट्रेजरलाई पत्र लेख्दै अक्टोबर, नोभेम्बर र डिसेम्बरमा प्रतियोगिता हुने जनाएको छ । ‘प्रतियोगिता सरेको पत्र पाएका छौं र कारण खुलाइएको छैन,’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले भने ।

आगामी जेठ १३ गते नयाँ मिस नेपालको घोषणा हुनेछ । तर सन् २०२३ को अन्त्यमा हुँदा नयाँ मिस नेपाललाई ब्यूटी विथ पर्पसका लागि तयारी हुन समय उपलब्ध हुनेछैन । प्रतियोगितामा ढिलाइ हुने भए पनि हिडन ट्रेजरले प्रियंकालाई नै मिस वर्ल्डमा पठाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?