+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

नेपाली कलाकार स्नेहा श्रेष्ठको चित्र अमेरिकाको म्युजियम अफ फाइन आर्ट्समा संग्रहित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १८:५३

काठमाडौं । यदि तपाईं अमेरिकाको म्यासाचुसेट्समा बस्नुहुन्छ भने तपाईंलाई नेपाली कलाकार स्नेहा श्रेष्ठको विशाल र मनमोहक भित्तेचित्र हेर्ने मौका छ । सडकमा ‘इम्याजिन’ नामबाट उनले अलस्टन, क्याम्ब्रिज, लिन, डोरचेस्टर, वर्सेस्टर र त्यसभन्दा बाहिरका सहरका भवनलाई संस्कृत र नेपाली अक्षरले जीवन्त तुल्याएकी छन् ।

स्नेहाको लेखनले मातृभूमिको वर्णमाला र संस्कृतिलाई अमेरिकाको भित्ता र पर्खालमा चित्रण गरेको छ । यी अन्तर्राष्ट्रिय नेपाली कलाकारको सिग्नेचर भित्तेचित्रहरु कम्बोडिया, इस्तानबुल र उनको जन्मस्थान काठमाडौंमा पाउन सकिन्छ । उनका कलाहरु उनीउस्तै जीवन्त र निजत्व बोकेका छन् ।

स्नेहालाई लिएर यतिबेला नयाँ खबर छ । उनी अमेरिकाको सबैभन्दा ठूला म्युजियममध्येको एक म्युजियम अफ फाइन आर्ट्स म्यासाचुसेट्सको स्थायी संग्रहमा समावेश हुने पहिलो नेपाली समकालीन कलाकार बनेकी छन् । गत फेब्रुअरीमा बोस्टनस्थित उक्त संग्रहालयले ‘होम ४१६’ नाम दिइएको स्नेहको एक चित्रलाई सधैंका लागि म्युजियममा राखेको छ ।

‘होम ४१७ ले एउटै क्यानभासमा धेरै चीज समेट्छ,’ दक्षिण एसियाली र इस्लामिक कला संग्रहालयकी क्युरेटर लौरा वाइन्स्टाइनले भनिन्, ‘यसले नेपालको भाषा र कलालाई बोस्टनको सडक र सार्वजनिक कला परिदृश्यमार्फत भन्छ । साथै आधारभूत मानव सत्य र आवश्यकता व्यक्त गर्न शब्द र लिपि पनि यसमा संग्रहित छन् । सहरभरि व्यापक रुपमा कलाकारको नयाँ दृष्टिकोण पनि प्रस्तुत गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?